मधेशी मोर्चाद्वारा निरन्तर संसद बैठक बहिस्कार

१९ जेष्ठ २०७३, बुधबार २०:१६ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । व्यवस्थापिका संसदको आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ ।

बैठकको प्रारम्भ हुनासाथ मोर्चासँग सम्बन्धित दलका सदस्य आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले नेपाली जनता दलका सांसद हरिचरण साहलाई बोल्नका लागि समय प्रदान गर्नुभएको थियो ।

बैठकमा उहाँले लामो समयदेखि जारी आन्दोलनलाई बेवास्ता गरिएको भनी आपत्ति जनाउँदै आफूहरुले उठाएको मागलाई सम्बोधन नगरिएकाले आजको बैठक बहिस्कार गरेको घोषणा गर्नुभयो । उहाँले बहिस्कार गर्ने घोषणा गर्नासाथ आन्दोलनरत मोर्चासँग आबद्ध संसदको बैठकबाट बाहिर जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल