सुकुम्बासीको बस्ती निर्माण गरेकोमा विरोध ः पाटन बन्द

२२ असार २०६९, शुक्रबार ०९:५४ मा प्रकाशित

काठमाडौं, २२ असार । थापाथली क्षेत्रबाट हटाइएका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा बसोबास गराउने सरकारको निर्णको बिरोधमा स्थानीय संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि ललितपुरको जनजीवन प्रधावित बनेको छ । स्थानीय संघर्ष समिति र राजनीतिक दलहरुको जिल्ला समितिहरुको संयुक्त आह्वानमा भएको बन्दका कारण सवारी साधनहरु चल्न सकेका छैनन् भने शिक्षण संस्थाहरु पनि सबै ठप्प छन् । बन्दकर्ता बिहानैदेखि सडकमा निस्केर प्रदर्शन गरेपछि विशेषगरी पाटन, लगनखेल, मंगलबजार लगायतका क्षेत्र प्रभावित बनेको छ । सुन्दरीघाटमा सुकुम्बासी राख्नका लागि प्रहरी बल तैनाथ गरेर सरकारले धमाधम टहरा निर्माण थालेको थियो । स्थानीयवासी र राजनीतिक दलहरुले यसको चर्को बिरोध गर्दै आएका छन् । निर्णय फिर्ता नगरे थप आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री