उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल– दक्षिण कोरिया

१८ जेष्ठ २०७३, मंगलवार २०:१६ मा प्रकाशित

सोल, १८ जेठ । दक्षिण कोरियाको सैनिकले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको छ ।

अज्ञात रुपमा नै उत्तर कोरियाले चौथो पटक गर्न लागेको सो मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

दक्षिण कोरियाली सेनाका एकजना अधिकारीले टेलिफोनबाट दिएको जानकारीमा उत्तरले मङ्गलबार बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको जनाएको छ ।

मङ्गलबार बिहान साढे पाँच बजेमात्र उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको बताएको हो ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो ।

सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।

उत्तरले कोरियाले गएको जुन महिनादेखि पटक पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको छ । त्यसमध्ये यसअघिको अर्को एक परीक्षण पनि असफल भएको बताइएको थियो ।

कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उत्तर कोरियाली नेताले आफूले निशस्त्रीकरणका लागि संसारमै सहयोग गर्ने बताउनुभएको थियो ।

त्यस्तै उहाँले दक्षिण कोरियासँग वार्ताको प्रस्ताव पनि गर्नुभएको थियो । तर पनि उत्तरको यसअघिको अविश्वासका कारण दक्षिण कोरिया सो प्रस्तावबाट सन्तुष्ट हुन सकेको छैन ।

दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्ने र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्ने धारण उहाँले त्यस अवसरमा राख्नुभएको भएपनि वास्तावमा त्यसो हुन सकिरहेको छैन ।

दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न उहाँले आग्रह समेत गर्नुभएको थियो ।

दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको बदलाको भावनाको कारण सजिलै उत्तर कोरियामा परिवर्तन आउने अपेक्षा गर्न सकिँदैन भने यसले कोरियाली प्रायद्वीपमा शान्तिका लागि पनि कुनै योगदान गर्न सक्ने देखिँदैन ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ ।

तर मङ्गलबार बिहान गरेको भनिएको सो असफल क्षेप्यास्त्र परीक्षणका बरेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो