चर्चामा आउनका लागि आफूमाथि मुद्दा हालिएको माओवादी अध्यक्ष प्रचण्डको भनाई

१८ जेष्ठ २०७३, मंगलवार २०:०५ मा प्रकाशित

काठमाडौँ, १८ जेठ । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लिखित जवाफ पठाएका छन् । जवाफमा उनले चर्चामा आउनका लागि आफूमाथि मुद्दा हालिएको तर्क गरेका छन् ।

दाहालका तर्फबाट सर्वोच्च अदालतमा पुगी वारेसका रुपमा लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ मंगलबार सर्वोच्च अदालतमा बुझाएका हुन् । लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका लागि मुद्दा दायर गरेको ध्यय देखिन्छ, आफ्नो चर्चाका लागि अदालतको दुरुपयोग गर्नु कदापि न्यायसङ्गत हुन सक्दैन ।’ विशुद्ध चर्चामा आउने उद्देश्यले दायर गरेको निवेदन भएको हुँदा निवेदन खारेजीको भागी भएको समेत लिखित जवाफमा उल्लेख छ ।

आफूले वैशाख ३१ गते राजधानीमा बोलेको एउटा कार्यक्रमको विषयलाई लिएर आफ्नो अनुकूल भाषा प्रयोग गरी अदलबदल गरी लेख्ने-लेखाउने काम गरेको उल्लेख गर्दै लिखित जवाफमा भनिएको छ, ‘निवेदकले उल्टो अदालतलाई विवादमा ल्याउने काम गर्नुभएको छ ।’

द्वन्द्वकालमा भएका घटनालाई लिएर विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप हुनुपर्छ भन्ने मान्यता रहिआएको र सो सम्झौताअनुसार उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत भएको सर्वविदितै भएको समेत लिखित जवाफमा उल्लेख छ ।

‘निवेदकले चर्चामा आउनका लागि मुद्दा दायर गरेको ध्यय देखिन्छ, आफ्नो चर्चाका लागि अदालतको दुरुपयोग गर्नु कदापि न्यायसङ्गत हुन सक्दैन ।’ विशुद्ध चर्चामा आउने उद्देश्यले दायर गरेको निवेदन भएको हुँदा निवेदन खारेजीको भागी भएको समेत लिखित जवाफमा उल्लेख छ । आफूले वैशाख ३१ गते राजधानीमा बोलेको एउटा कार्यक्रमको विषयलाई लिएर आफ्नो अनुकूल भाषा प्रयोग गरी अदलबदल गरी लेख्ने-लेखाउने काम गरेको उल्लेख गर्दै लिखित जवाफमा भनिएको छ, ‘निवेदकले उल्टो अदालतलाई विवादमा ल्याउने काम गर्नुभएको छ ।’

विस्तृत शान्ति सम्झौताकै बुँदा नम्बर २७ मा दुवै पक्ष (सत्तापक्ष र आन्दोलनरत पक्ष) राजीतिक कारणले लगाएको दाबी उजुरी विचाराधीन रहेको मुद्दा मामिला फिर्ता र थुनामा राखिएका बन्दीको स्थिति सार्वजनिक गरी तुरुन्त रिहाइ गरिने सुनिश्चितसमेत गरेको उल्लेख छ ।

केन्द्रका अध्यक्ष दाहालले गत वैशाख ३१ गते राजधानीमा बोलेको विषयलाई लिएर न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेर अदालतको अपहेलना भएको भन्दै यही जेठ ३ गते अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए । दाहाललाई विपक्षी बनाई दायर गरिएको निवेदनमा अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि भएको उल्लेख गरिएको थियो । निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानी गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाललाई कानुनअनुसार कारबाही माग गरिएको थियो ।

सो निवेदनमा यही जेठ ११ गते कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अदालतको अपहेलनासम्बन्धी मुद्दामा अध्यक्ष दाहाललाई तीन दिनभित्र अदालतमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा