आजपनि संसद चल्न नदिने काँग्रेसको तयारी

१८ जेष्ठ २०७३, मंगलवार १०:४१ मा प्रकाशित

काठमाडौं, १८ जेठ । ब्यावस्थापिका संसदको बैठक आज ११ बजे बिहान बोलाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७२-०७३को बजेटका विषयमा छलफल गर्ने कार्यसूची अनुसार बैठक बोलाइएको हो । हिजोको बैठकमा बजेट सार्वजनिक हुनु अघि नै पत्रिकामा बजेट बारेको सूचना चुहावट भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चार पटक संसद् बैठक अवरुद्ध पारेको थियो । आजपनि सरकारले समिति नबनाएसम्म छलफल अघि बढ्न नदिने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । सत्तासिन दल चलाउने तयारीमा छन् । बजेटको छलफल अघि बढ्न नदिएपछि आजका लागि स्थगित गरिएको थियो । सभामुख ओनसरी घर्तीले आज संसद बैठकअघि नेताहरुसँग अनौपचारीक छलफल गर्ने उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक