सत्ता साझेदार दलको बालुवाटार बैठक सकियो, संसद सुचारु गर्न कांग्रेससँग छलफल गर्ने निर्णय

१८ जेष्ठ २०७३, मंगलवार १०:२८ मा प्रकाशित

काठमाडौं, १८ जेठ । सत्ता साझेदार दलको बालुवाटार बैठकले संसद सुचारु गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संवाद गर्न सरकारलाई निर्देशन दिएको छ । अवरुद्ध संसद सुचारु गर्न सरकारले कांग्रेससँग छलफल गर्ने निर्णय सत्ता साझेदार दलले गरेका हुन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकले संसदमा देखिएको गतिरोध अन्त्यको लागि सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकपछि वन मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले भने, ‘अघिल्ला वर्षहरुमा पनि बजेट विवरण सार्वजनिक हुनु पूर्व नै चुहावट भए भन्ने विषय चर्चा हुन्थ्यो जुन समान्य हो, प्रतिपक्षको मागबारे सत्तागठबन्धन र सरकार दुवै गम्भिर छ ।’ हिजो अवरुद्ध भएको संसदको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि