सुकुम्बासीको बस्ती निर्माण गरेकोमा विरोध ः पाटन बन्द

२२ असार २०६९, शुक्रबार ०९:५० मा प्रकाशित

काठमाडौं, २२ असार । थापाथली क्षेत्रबाट हटाइएका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा बसोबास गराउने सरकारको निर्णको बिरोधमा स्थानीय संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि ललितपुरको जनजीवन प्रधावित बनेको छ । स्थानीय संघर्ष समिति र राजनीतिक दलहरुको जिल्ला समितिहरुको संयुक्त आह्वानमा भएको बन्दका कारण सवारी साधनहरु चल्न सकेका छैनन् भने शिक्षण संस्थाहरु पनि सबै ठप्प छन् । बन्दकर्ता बिहानैदेखि सडकमा निस्केर प्रदर्शन गरेपछि विशेषगरी पाटन, लगनखेल, मंगलबजार लगायतका क्षेत्र प्रभावित बनेको छ । सुन्दरीघाटमा सुकुम्बासी राख्नका लागि प्रहरी बल तैनाथ गरेर सरकारले धमाधम टहरा निर्माण थालेको थियो । स्थानीयवासी र राजनीतिक दलहरुले यसको चर्को बिरोध गर्दै आएका छन् । निर्णय फिर्ता नगरे थप आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ .

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार