छनोटको कार्य बिथोलियो

२२ असार २०६९, शुक्रबार ०९:३७ मा प्रकाशित


काठमाडौं, २२ असार । समायोजन प्रक्रिया सम्मानजनक नभएको भन्दै सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनका असन्तुष्ट लडाकुले आपत्ति जनाएपछि आज पनि भर्ना छनौटको काम सुरु हुन सकेको छैन । शिविरमा रहेका अधिकांश पूर्व लडाकुले सम्मानजनक समायोजन हुनुपर्ने, भर्नामा जाने लडाकुको उमेर हदबन्दी ठोस हुनुपर्ने, स्वेच्छिक अवकासमा जाने लडाकुलाई एकमुस्ट रकम उपलब्ध गराउनुपर्ने लगायत माग पूरा नभएसम्म छनोट प्रक्रिया हुन नदिने भनेपछि आज तेस्रो दिन पनि छनोट प्रक्रिया सुरु हुन नसकेको हो । जबर्जस्ती प्रक्रिया सुरु गरेमा झडपमा उत्रने संकेत समेत पूर्वलडाकुहरुले गरेको बुझिएको छ ।
त्यस्तै रोल्पास्थित पांचौं डिभिजनका लडाकु कमाण्डरहरुले समायोजनको नाम दिएर सरकारले नयां भर्तीप्रक्रिया अपनाउन लागेको भन्दै विरोध गरेपछि आज पनि छनोटको काम सुरु हुन सकेको छैन । उता अधिकांश लडाकु बिदामा बसेका कारण कैलालीको सातौं डिभिजनमा पनि छनोटप्रक्रियाको काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्