एनआरएन क्यानडा निलम्बनमा

१७ जेष्ठ २०७३, सोमबार ००:१४ मा प्रकाशित

टोरन्टो, १६ जेठ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) क्यानडा निलम्बनमा परेको छ । क्यानेडियन संघ संस्था सम्बन्धि प्रचलित कानुन अनुसार संघले आफ्नो आर्थिक तथा प्रगति विवरण अध्यावधिक गरि सम्बन्धित निकायमा समयमै नबुझाएकाले एनआरएन क्यानडा निलम्बनमा परेको हो ।

संघ संस्था नियमन गर्ने निकाय इन्डस्ट्री क्यानडाले एनआरएन क्यानडालाइ २०१६ फेब्रुवरी देखि अप्रिल १८ तारिख सम्म आफ्नो बार्षिक विवरण बुझाउन भनेको थियो। तर संघका पदाधिकारीको लापरबाहीका कारण समयमै प्रतिबेदन बुझाउन नसक्दा निलम्बन हुने स्थिति आएको हो ।

संघको यस अघिको कार्यकालमा आर्थिक संकलन र अतिरिक्त क्रियाकलाप धेरै नै सम्पन्न भएका थिए जसको लेखाजोखा यकिन गर्न नसक्दा बर्तमान समिति कागको कुहिरो भएको सहजै अनुमान गर्न सकिन्छ। उसोत संघको अधिबेशनताका आर्थिक प्रतिबेदन पारित नभए पछि छानबिन गर्न लेखा बिज्ञ सहितको एउटा टोलि गठन नै गरिएको थियो।

कुन साल सम्मको लेखा परिक्षण सहितको प्रतिबेदन बुझाउनु पर्ने हो त्यो नखुलाए पनि अझै पनि जरिवाना सहित यथाशिघ्र संघको आर्थिक र प्रगति विवरण बुझाएमा संघ बिघटन बाट जोगिन सक्ने क्यानेडियन नियमन निकायले जनाएको छ।

क्यानेडियन नियमन निकायले एनआरएनका अध्यक्ष तुलसी प्रसाद सापकोटालाइ लेखेको पत्र:

Industry Canada / Industrie Canada Symbol of the Government of Canada
Corporations Canada
Non-Resident Nepalis -National Coordination Council-(NRN CANADA) (Corporation Number: 441477-2) is in default of filing its 2016 annual return which was due to be filed between 2016-02-18 and 2016-04-18.
CAUTION
Failure to file an annual return may result in the dissolution of the corporation. Dissolution terminates the existence of a corporation and can have serious legal repercussions, particularly if the corporation is a registered charity under the Income Tax Act.

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई