साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या

१७ जेष्ठ २०७३, सोमबार ००:०० मा प्रकाशित

काठमाडौँ, १६ जेठ । बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ ।

बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले राससलाई जानकारी दिनुभयो ।

विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मनुभएका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै आउनुभएको थियो ।

उहाँका कथा, निबन्ध, उपन्यास, लेख, कविता सङ्ग्रहलगायत एक दर्जन पुस्तक प्रकाशन भएको छिमेकी एकराज आचार्यले बताउनुभयो । साहित्यकार सिलवालले विभिन्न विधाका पाँच दर्जन कृतिको सम्पादन समेत गर्नुभएको छ । हाल ओमकारमार्ग, शान्तिनगर नयाँ बानेश्वरमा बस्दै आउनुभएका उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी