काठमाडौ, २१ असार । राष्ट्रपति डा रामवरण यादव र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा सरकारले ल्याउन लागेको बजेट तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । सभापति कोइरालाले राष्ट्रपतिसँग भएको भेटवार्ताका विषयमा पत्रकारलाई भने कुनै प्रतिक्रिया दिनुभएन । सरकारले अध्यादेशमार्फत् पूर्ण बजेट ल्याउने तयारी गरेपछि राष्ट्रपतिसँग परामर्श गर्ने क्रम बढ्दै गएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक
रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु
रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले
काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको