यस वर्ष ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरे, आरोहणका क्रममा छ जनाको मृत्यु

१३ जेष्ठ २०७३, बिहीबार ०१:३३ मा प्रकाशित

काठमाडौँ, १२ जेठ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ ।

आरोहणको अन्तिम दिन आजसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै अन्नपूर्ण, मनासलु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् । विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल रहेका छन् । वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४, अन्नपूर्णमा तीन, मनासलुमा ११, मकालुमा पाँच वटा टोली आरोहणका लागि गएका थिए ।

विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले सगरमाथासहितका हिमाल आरोहणका लागि गएका सबै टोली आजबाट फर्किने क्रममा रहेको राससलाई जानकारी दिनुभयो । “वसन्त ऋतुमा सगरमाथामा मात्रै ४०० बढीले आरोहण गरेका छन् कुन देशका कति आरोहीले चढे भन्ने यकिन विवरण आउन अझै एक साता लाग्छ”– उहाँले भन्नुभयो ।

आठ हजार मिटरमाथिका हिमाल आरोहण सकिएको र केही होचा हिमालको विवरण आइनसकेको विभागले जनाएको छ । यद्यपि विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यो मौसमका लागि आजबाट सगरमाथासहितका हिमालको आरोहण सकिएको बताउनुभयो ।

छ आरोहीको मृत्यु

वसन्त ऋतुको यो मौसममा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपालीसहित छ जना आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शेर्पा गाइड, तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्याण्डका आरोही छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा