रौतहट घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले क्षतिपूर्ति दिने

२१ असार २०६९, बिहीबार १७:३९ मा प्रकाशित

काठमाडौ, २१ असार । आज बिहान रौतहटको गरुडामा प्रहरी र गाउँलेबीच दोहोरो भिडन्त हँुदा प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । मन्त्रीपरिषद्को केहीबेर अघि सकिएको बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको हो । यसैगरी झडपमा परी घाइते भएकाहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने भएको छ । घटनाको छानवीन गरी दोषीलाई कारवाही गरिने पनि सरकारले प्रतिवद्धता जनाएको छ । यसैबीच रौतहट प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन घुँडामुनि गोली हान्ने आदेश दिएकोमा छानीमा गोली लागेको जनाएको छ । घटनामा परी घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौंमा ल्याइएको छ । घटनामा पनि प्रहरीहरू पनि घाइते भएका छन् । यही असार १५ गते भएको दुर्घटनाका विषयमा गरिएको चक्काजाम खुलाउने क्रममा दुवैपक्षबीच झडप भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ