नया राजनीतिक शक्ति गठन गर्ने आदिवासी, जनजातिहरुको निष्कर्ष

२१ असार २०६९, बिहीबार १७:२८ मा प्रकाशित

काठमाडौ, २१ असार । बिभिन्न राजनीतिक दलमा आवद्व आदिवासी, जनजाति नेताहरुले संघीयतासहितको संविधान जारी गर्ने वातावरण बनाउनको लागि नयाँ राजनीतिक शक्तिको गठन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुमा संघीयता विरोधी समूह हावी भएको निष्कर्ष निकाल्दै यस्तो निष्कर्षमा पुगिएको आदिवासी जनजाति महा सङ्घकाका अध्यक्ष राजकुमार लेखीले बताउनुभयो । हिजोदेखि राजधानीमा सुरु भएको आदिवासी जनाजतिहरुको राष्ट्रिय सम्मेलनमा सहभागीहरुले जातीय पहिचानसहितको सङ्घीयता सुनिश्चितताका लागि राजनीतिक दलहरुलाई दवाव दिन आन्दोलनका कार्यक्रम आज सार्वजनिक गर्ने निर्णय गरेका छन् । आज दिउँसो पत्रकार सम्म्ेलन गर्ने र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासङ्का अध्यक्ष लेखीले बताउनुभयो । नयाँ राजनीतिक शक्ति गठन भने तत्काल नहुने तर छलफललाई निरन्तरता दिएर टुङ्गोमा पुगिने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा