ढोरपाटनमा शिकारीबाट ६३ लाख राजस्व संकलन

२१ असार २०६९, बिहीबार १७:२६ मा प्रकाशित

बागलुङ, २१ असार । ढोरपाटन शिकार आरक्षमा शिकार खेल्नेको संख्या बढ्दै गएपछि आर्थिक वर्ष २०६८÷६९मा ६३ लाख ४७ हजार ५१ रुपैयाँ राजस्व संकलन भएको छ । दुई सिजन गरी शिकार खेल्नको लागि दिईएको अनुमतीबाट दर्ता, सामान्य र पुरक दस्तुर र व्लक आरक्षण गरी चार शिर्षकबाट राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षमा विभिन्न कम्पनीमार्फत आएका २७ शिकारीले २५ नाऊर र १३ झारलको शिकार गरेको आरक्ष कार्यालयले जनाएको छ । नेपाल वाइल्डलाइफ एड्भेन्चर्स प्रालि मार्फत आएका आठ शिकारीले ८ नाऊर र ५ झारलको शिकार गरेका छन् । त्यसैगरी हिमालयन सफारी नेपालमार्फत आरक्ष भित्रिएका ५ शिकारीले ४ नाऊर र ५ झारल, नेपाल वाइल्ड लाईफ सफारीमार्फत आएका नौ शिकारीले ९ नाऊर र ६ झारल र ट्रायक्स एण्ड टे«ल्समार्फत भित्रिएका ४ नाऊर र ४ झारलको शिकार गरेका छन् । विभिन्न कम्पनीमार्फत आउने शिकारीहरुले २८ नाऊर र १८ झारल मार्ने माग गरी अनुमती लिएको भएता पनि माग अनुसार मार्न नसकेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख शेरसिंह ठगुनाले बताउनुभयो । अन्तर्राष्ट्रिय शिकारीलाई अनुमती पाएका कम्पनीहरुले नेपाल भित्राउने, शिकार व्यवस्थापनलगायतका काममा सहयोग गर्ने र आरक्ष विभागबाट अनुमती समेत कम्पनीले नै लिने गरेको प्रमुख ठगुनाले बताउनुभयो । आरक्षलाई विभिन्न ब्लकमा विभाजन गरी शिकारको अनुमती दिने गरिएको छ । यस वर्ष सुनदह, दोगडी, फागुने, सेङ, बाह्रसयलगायतका ब्लकमा शिकारी धेरै गएको आरक्षका रेन्जर सरोज पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु. ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक