मोदी–ओबामाबीच जुन ७ मा भेटवार्ता हुने

८ जेष्ठ २०७३, शनिबार २०:४८ मा प्रकाशित

वासिङटन, ८ जेठ, ( एएफपी) । अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा आगामी जुन ७ मा भेटवार्ता हुनेभएको ह्वाइट हाउसका प्रेस सचिव जोस अर्नेस्टले शुक्रबार बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी कँग्रेसको जुन ८ मा हुने संयुक्त बैठकमा सम्बोधनका लागि यसअघि नै निमन्त्रणा पठाइएको थियो ।

प्रेस सचिव अर्नेस्टले जारी गरेको वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ओबामाको नयाँ दिल्लीको भ्रमणपछि थप प्रगाढ बनेको भारत–अमेरिका सम्बन्धबारे विविध महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार