रौतहटको गरुडामा गोली चल्यो, एकको मुत्यु

२१ असार २०६९, बिहीबार १६:०४ मा प्रकाशित

रौतहट, २१ असार । आज बिहान रौतहटको गरुडामा प्रहरी र गाउँलेबीच दोहोरो भिडन्त हुदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीपुर गाविस वडा नं. ६ निवासी ३० वर्षका रमोद साह कलवार भएको जनाइएको छ । प्रहरीको गोली लागी ८ जना गाउँले र ३ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । केही दिन अघि ट्याक्टरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको आरोपमा ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा गाउँलेले ट्याक्टर चालक निर्दाेष भएको भन्दै हिजो साँझ ६ बजेदेखि ९ बजेसम्म सडक अवरुद्ध पारेका थिए । गाउँलेहरुले आज बिहानदेखि सडक अवरुद्ध पारेपछि प्रहरीले गाउलेमाथि अनाचक लाठी चार्ज गरेपछि गाउँलेहरु प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका स्थानियबासिन्दालाई २२ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ भने १५ राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान