यो मौसमको सुरुवाती सातामै तीन सय आरोहीद्वारा सगरमाथा आरोहण

७ जेष्ठ २०७३, शुक्रबार २२:०७ मा प्रकाशित

काठमाडौँ, ७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज ४० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यससहित हालको याममा आजसम्म ३०३ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको चुचुरोमा पुगेका छन् । आज मध्याह्नसम्म ४० भन्दा बढी नेपाली र विदेशीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यकिन विवरण आइनसके पनि आज आरोहण गर्नेमा बढी विदेशी छन् ।

यसअघि बिहीबारसम्म २९० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । बिहीबार मात्रै १२० नेपाली र ८२ विदेशीले सगरमाथा आरोहण गरेका थिए । वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।