कालिकोटमा ठुलो पहिरो गयो, मृत्यु हुनेको संख्या धेरै

७ जेष्ठ २०७३, शुक्रबार २२:०२ मा प्रकाशित

कालिकोट, ७ जेठ । पछिल्लो जानकारी अनुसार कालिकोट जिल्लाको कोटबाडा गाविस स्थित लालिघाट बजारमा बिहिबार मध्य रातमा गएको भीषण पहिरोमा परेर बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी प्रमूख किशनसिंह बुडालका अनुसार पहिरोमा परेर तीन जनाको मृत्यु , चार जना बेपत्ता भएका र छ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुने हरुमा कालिकोट जिल्लाको स्यूना गाविस वडा नं. ५ निवासी कर्णाली वस व्यवसायी समितिका स्टाफ तथा व्यपारी ३० बर्षिया हरी विक, स्यूना गाविस वडा नं. २ निवासी व्यपारी ५० बर्षिया धनमति टमट्टा, धौलागोह गाविस वडा नं. ९ निवासी व्यपारी २० बर्षिया लक्ष्मण भण्डारी रहनुभएको छ । यस्तै बेपत्ता हुनेहरुमा स्यूना गाविस वडा नं. २ निवासी ६० बर्षिया व्यपारी सन्जीते टमट्टा, थिर्पु गाविस वडा नं. ६ निवासी कटक बमकी ५ बर्षिया छोरी सुदिस्मा बम, बाजुरा जिल्ला गोत्री गाविस वडा नं. १ निवासी व्यपारी अजय सार्कीको दुई महिनाको छोरा अविश्यक सार्की र कालिकोट जिल्ला रकु गाविस वडा नं. १ निवासी ५२ बर्षिया मणीराम जैसी हुनुहुन्छ ।
पाँच ठाउमा गएको बाढी पहिरोले सो स्थानका४४ पसलहरु पुरिएका छन भने करोडौको धनमाल क्षती भएको छ । जसमा दुई वटा पसल पुर्ण रुपमा पुरिएका छन् भने ४२ वटा पसलहरु आधा पुरिएका छन् ।
कालिकोट जिल्लाको नानिकोट गाविस वडा नं. २ निवासी व्यपारी चन्द्रप्रसाद संज्यालले राती १२ बजेतीर सुतिरहेको अवस्थामा एक्कासी आएको बाढीले पसल घेर्दै गर्दा पछाडीबाट भागेर बाँच्न सफल भएको बताउनुभयो । राती मस्त सुतिरहेको समयमा पहिरो आएको र कसैले बाढी आयो भनेर कराउदा पसलको पछाडीबाट भागेर बाँच्न सफल भएको उहाँले बताउनु भयो ।
लालिघाट बजार कर्णाली करिडोरसँगै जोडिएको स्थानिय हाटबजार भएकाले अरु कति बेपत्ता भएभन्नेबारे सबै जानकारी आउन सकिरहेको छैन् ।
जिल्लका सरकारी कर्मचारी तथा राजनीतिक दलका कार्यकर्ता तथा स्थानीय लगायतको सक्रियताका कारण तत्काल उद्धार सम्भव भएको पनि बताईएको छ ।अझै पनि नेपाली सेना कर्णाली करिडोर निर्माण कार्यदल, संराम शार्दुल गल्म, नेपाल प्रहरीको टोलीले पहिरोमा बेपत्ता भएकाहरुको उद्धार तथा खोजी कार्य जारी राखेको छ । स्थानिय नागरिकहरु पनि उद्धारमा जुटिरहेका छन् । जिल्लाको पलाता क्षेत्र लगायतका १७ गाविसको प्रमूख हाटबजार भएकाले अन्य स्थानिय सामान लिन आएकाहरु पनि बेपता भएको हुन सक्ने अनुमान गरिएको छ ।
भारी बर्षाका कारण कर्णाली राजमार्गमा पनि ठाँउ ठाँउमा पहिरो जाँदा यातायात सेवा पनि अबरुद्ध भएको छ । जिल्लाको सेरीघाट, सुनारखोला, काले खोला दैखोला लगायतका ठाँउहरुमा पहिरो जाँदा जुम्लादेखी सुर्खेत नेपालगञ्ज र नेपालगञ्ज देखि जुम्लाका लागि हिडेका यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
प्रमूख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले शुक्रबार दिउसो नै जिल्ला दैवि प्रकोप उद्धार समितिको आकास्मीक बैठक बसी मृतकका परिवारहरुलाई तत्काल प्रति परिवार ४० हजारका दरले राहत दिने, खोज तथा उद्धार कार्य जारी राख्ने, खानेपानीको व्यवस्थाका लागि नेपाली सेनाको करिडोर निर्माण कार्यदललाई आग्रह गर्ने, पाईप जिल्ला खानेपानी कार्यालयले दिने लगायतको निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।