भारतिय कारागारमा कैदी जिवन बिताईरहेका एक नेपालीको मृत्यु

२१ असार २०६९, बिहीबार १६:०३ मा प्रकाशित

काठमाडौ, २१ असार । भारतको कारागारमा २१ वर्षदेखि कैदी जीवन बिताइरहेका एक नेपालीको मंगलबार ज्यान गएको छ । कपिलवस्तुको शिवपुर ७, करहिया बस्ने परशुराम भनिने खुशराम थारूको मृत्यु भएको हो । थारु लागू औषध चरेससहित सन् १९९१ मा भारतको कानपुरबाट पक्राउ परेका हुन् । केही दिनअघि जेलमै बिरामी परेका थारुको स्वरुपरानी नेहरु चिकित्सालयमा उपचारका क्रममा मृत्यु भएको चिकित्सालयले जनाएको छ । थारुको मृत्युपछि केन्द्रिय कारागार नैनी, इलाहाबाद भारतबाट मृतकका आफन्तको खोजीमा आएका बन्दी रक्षक चौधरीले हिजो इलाका प्रहरी कार्यालय चन्द्रौटामा पत्रकारसँग कुराकानी गर्दै मृतकको आफन्तले आफ्नो नागरिकताको प्रतिलिपी सहित निवेदन पेश गरेमा भारत सरकारबाट भारतीय ५ लाख रुपैयां प्राप्त गर्ने जानकारी दिनुभएको छ ।  मृतकको सव बुझ्नका लागि मृतकका भाइ भूपेन्द्र थारु सहित दुई तीन जना आज इलाहाबाद जाने इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र