प्रहरी कुटपिटको विषयले लहान बजार तनावग्रस्त

२१ असार २०६९, बिहीबार १५:५९ मा प्रकाशित

सिराहा, २१ असार । लहानस्थित होटल विशालमा गएराती जिल्ला प्रहरी कार्यालयका घुमुवा र लहान प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी प्रवेश गरी जथाभावी कुटपिट गरेको विषयलाई लिएर दोषी प्रहरीलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन् भने आज बिहानैदेखि लहान बजार तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीको विरोधमा उत्रिएका स्थानीयवासी र व्यापारीले पूर्व पश्चिम लोकमार्गमा पूर्णरुपमा बन्द तथा चक्काजाम गरेका छन् । पूर्वाञ्चलको मुख्य व्यापारीक केन्द्र रहेको लहानबजारका सबै पसलहरु बन्द रहेका छन् । जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा आक्रोसित स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले एक राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीहरु हिजो राती करिव साढे ९ बजे होटलमा प्रवेश गरी म्यानेजर सुनिलकुमार साह, निर्माण व्यवसायी संघका अध्यक्ष विशालकुमार साह, उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष निरश चौधरीलाई कुटपिट गरेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको