पर्यटन बोर्ड र एनआरएनबीच हस्ताक्षर

४ जेष्ठ २०७३, मंगलवार २२:४५ मा प्रकाशित

काठमाडौं । ‘अतिथि देवो भवः अभियानअन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राईको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र सङ्घका उपाध्यक्ष भवन भट्टबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सझदारीपत्रमा सफा, सुन्दर र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि चिनाउनका लागि सुरुमा बोर्ड र सङ्घले रु २०-२० लाख स्थिर पूँजीका रुपमा राखी एउटा अक्षयकोष खडा गर्ने उल्लेख छ । सङ्घको कार्यालय रहेको ७५ भन्दा बढी देशमा नेपाल विश्वमा घुम्नैपर्ने सुन्दर पर्यटकीय देश भएको र नेपाल सफाका साथै राम्रो अतिथि सत्कार भएको विश्वमा चिनाउने अभियानको उद्देश्य रहेको छ ।

सो अवसरमा मन्त्री पोखरेलले नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिक विविधता पर्यटनका लागि आकर्षणको केन्द्र रहेको र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै पर्यटन भएको बताउनुभयो । नेपाल १२५ जातजाति १२३ भाषाभाषीको संस्कार रहेको नेपालमा पशुपतिनाथमा ६४ पीठ, बुद्ध परिपथ निर्माण गरी पर्यटन भित्र्याउने कार्यमा गैरआवासीय नेपालीले पनि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले गरिबी निवारण र आर्थिक विकासको आधार पर्यटन क्षेत्र नै भएको र सरकार कार्बनरहित पर्यटनका साथै घरबास पर्यटनको नेपालमा राम्रो सम्भावना रहेको बताउनुभयो ।

पच्चीससय साठीऔँ बुद्धजयन्ती समारोहको सहआयोजकका रुपमा रहेको सङ्घले नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म, कर्म र बुद्ध दर्शनको उद्गमस्थल रहेको कुरा विश्वभरि नै तथ्यसहित प्रमाणित गर्नका लागि मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव राईले सरकारले २०७३ लाई घुमफिर वर्ष र सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको उल्लेख गर्दै बोर्ड र सङ्घको सम्झौताले प्रचारप्रसार राम्रो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका उपाध्यक्ष भवन भट्टले नेपाल प्राकृतिक र सांस्कृतिक सुन्दरताको सङ्ग्रहालय भएको र विश्व भ्रमणको उत्कृष्ट गन्तव्य नेपाल भएको हुँदा आफूहरु सधैँ पर्यटन प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत

लन्डन । कोरोना संक्रमणले यो साता विदेशमा २३ जना नेपालीको ज्यान गएको छ । भारतमा २० र अन्य देशमा ३