पर्यटन बोर्डको अवैतनिक सद्भावना दूतमा पूर्व मिस नेपाल युएस नविना

३ जेष्ठ २०७३, सोमबार १९:५९ मा प्रकाशित

विजय थापा , वाशिंगटन । नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नविना बस्नेतलाई अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ । पर्यटन बोर्डको अवैतनिक सद्भावना दूतमा पूर्व मिस नेपाल युएस नविना जेठ २ गते अर्थात् मे १५ ,२०१६ तारिख देखि लागु हुने गरि बस्नेतलाई नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको हो ।

बस्नेतलाई दुई बर्ष अवधिको लागि सद्भावना दुतमा पर्यटन बोर्डले नियुक्ति पत्र प्रदान गरेको छ . बस्नेतले मे १४ ,२०१८ सम्म पर्यटन बोर्डको लागि काम गर्ने छिन् । २००८ देखि अमेरिकाको बसाईमा रहेकी नविनालाई नेपालको पर्यटन उद्योगको प्रबर्धनमा महत्वपूर्ण योगदान गरे वापत सद्भावना दुत नियुक्त गरेको हो । नेपालको पर्यटन बोर्डले नेपालको प्राकृतिक तथा सांस्कृतिक निधिलाई राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा अद्वितीय योगदान गर्दै नेपाल पर्यटकको लागि पहिलो गन्तब्य स्थान बनाउन सकारात्मक संदेश पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न नविना बस्नेतलाई जिम्मेबार तोकेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्