संविधानसभालाई व्युँताउन सकिन्छः महरा

२१ असार २०६९, बिहीबार १५:५८ मा प्रकाशित


रोल्पा, २१ असार । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले प्याकेजमा सहमति भएमा संविधानसभालाई फेरि व्युँताएर संविधान निर्माण गर्न सकिने बताउनुभएको छ । प्रदेशको सङ्ख्या र नामको विषयमा सहमति भए १० दिनका लागि संविधानसभा ब्युँताएर संविधान बनाउने सकिने उहाँले दाबी गर्नुभयो । सहमतिबाटै पूर्ण बजेट ल्याउने तयारी भइरहेको बताउँदै महराले यदि त्यसो नभएको खण्डमा सर्वोच्च अदालतको फैसला अनुसार त्यही बाटोबाट बजेट आउने बताउनुभयो ।
आज क्रान्तिकारी पत्रकार सङ्घ रोल्पाले आयोजनाको गरेको पत्रकार सम्मेलनमा माओवादी नेता महराले सहमति नभए द्वन्द्व हुने भन्दै सहमतिको विकल्प नभएकोमा जोड दिनुभयो । संविधानसभाको विवादित विषयमा सहमति हुने बित्तिकै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने पनि स्पष्ट पार्नुभयो । पार्टी विभिजनपछि रोल्पा जिल्लाको पूर्ण बैठकको सिलसिलामा जिल्ला आउनुभएका महराले राष्ट्रिय राजनीति, शान्ति र संविधानलाई पार्टी फूटले कुने असर नपार्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार