संघीय गठबन्धनले भोली प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

३ जेष्ठ २०७३, सोमबार १९:४४ मा प्रकाशित

काठमाडौं, ३ वैशाख । संघीय गठबन्धनले भोली प्रधानमन्त्री निवास बालुवाटार घेर्ने भएको छ भने आइतबार र सोमबार गरिएको सिंहदरवार धर्ना कार्यक्रम स्थगित गरिएको जनाएको छ । आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।

२९ दल सहभागी संघीय गठबन्धनको केहीबेर अघि बसेको बैठकले उक्त निर्णय गरेको सुमनले बताए । सरकारले आफ्ना माग पूरा नगरेसम्म धर्ना तथा घेराउ आन्दोलन जारी रहने उनले बताए ।

प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन भन्दै गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने जनाएको छ। भोलिदेखि आन्दोलनकारी गठबन्धनले सिंहदरवारको धर्ना स्थगित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी