भुकम्प अति प्रभावित ११ जिविसलाई रु ११ अर्ब ११ करोड ६० लाख निकासा

३ जेष्ठ २०७३, सोमबार १९:३२ मा प्रकाशित

काठमाडौँ, जेठ ३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४१ करोड रकम निकासा गरेको छ ।

सो रकमबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अतिप्रभावित ११ जिल्ला विकास समितिलाई रु ११ अर्ब ११ करोड ६० लाख निकासा गरेको प्राधिकरणले जनाएको छ ।

निकास भएको रकममध्ये धादिङ जिविसलाई रु ११ करोड ३३ लाख ५० हजार, दोलखा जिविसलाई रु दुई अर्ब २२ करोड २५ लाख ५० हजार, काभ्रेपलाञ्चोक जिविसलाई रु एक अर्ब ९६ करोड ५० लाख, रसुवा जिविसलाई रु २६ करोड, १५ लाख ५० हजार, नुवाकोट जिविसलाई रु एक अर्ब ४८ करोड ८१ लाख, सिन्धुपाल्चोक जिविसलाई रु एक अर्ब ७६ करोड ५४ लाख, गोरखा जिविसलाई रु २१ करोड ४५ लाख रहेको छ ।
यसैगरी ओखलढुङ्गा जिविसलाई रु ७४ करोड ९२ लाख ५० हजार, सिन्धुली जिविसलाई रु सात करोड ५० लाख, रामेछाप जिविसलाई रु एक अर्ब ४८ करोड ८१ लाख र मकवानपुर जिविसलाई रु ३७ करोड ६ लाख पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटा बैंकिङ एसोसिएसनले गरेको निर्णयअनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएअनुसार जिविस र बैंकहरुबीच हुने सम्झौताका आधारमा घरधनीले अनुदान प्राप्त गर्नेछन्”– उहाँले भन्नुभयो ।

दोलखाका १०, रामेछापका ४१ र ओखलढुङ्गाका २४ गाविसमा अनुदान सम्झौता जारी छ । अहिलेसम्म आठ हजार घरधनीसँग सम्झौता भएको छ । गत चैत २१ गते नामावली प्रकाशित भएका आठ जिल्लाका ८ गाविस तथा नगरपालिकामा जिल्ला समन्वय समितिको कार्ययोजनाअनुसार अनुदान भुक्तानीको क्रम चलिरहेको प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत