आज सात ओटै शिविरमा समायोजन रोजेका लडाकुको छनौट प्रक्रिया जारी

२१ असार २०६९, बिहीबार १५:५५ मा प्रकाशित


काठमाडौ, २१ असार । समायोजन रोजेका माओवादी लडाकुको छनोटप्रक्रिया आजदेखि सातओटै शिविरमा सुरु भएको छ । नेपाली सेना र लोकसेवा आयोगका पदाधिकारी सहभागी टोली शिविरमा ढिला पुगेका कारण हिजो सबै शिविरमा काम सुरु हुन सकेको थिएन । हिजो पहिलो दिन विभिन्न ३ ओटा शिविरमा माओवादीका लडाकुको भर्ना छनोट प्रक्रिया सुरु भएको थियो । चितवनको शक्तिखोरमा आज विहानैदेखि छनौट प्रक्रिया सुरु भएको छ । केही शिविरमा लडाकुहरुले पूर्व सहमतिअनुसार छनोट प्रक्रिया नभएकोभन्दै हिजो आपत्ति जनाएका थिए । छनोटप्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा सेना र लोकसेवा आयोगका पदाधिकारीको टोली पुगेको छ । पहिलो चरणमा लडाकुहरूको शारीरिक योग्यताको जाँच गरिने सेनाले जनाएको छ । समायोजन रोजेका ३ हजार एक सय २३ लडाकु दुई महिनादेखि नेपाली सेनाको जिम्मा रहेको छ । आउने साउन १५ गतेभित्र समायोजनका सबै प्रक्रिया पूरा गर्ने सेनाको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला

काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्