मधेसी मोर्चासहितको संघीय गठबन्धनको काठमाडौंमा प्रदर्शन

१ जेष्ठ २०७३, शनिबार १९:१६ मा प्रकाशित

काठमाडौं, १ जेठ । सिंहदरबार घेराउको पूर्व सन्ध्यामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा प्रदर्शन गरेको छ। गठबन्धनले पहिचानसहितका प्रदेश सुनिश्चित गर्नका लागि दबाब दिन भन्दै आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम सार्वजनिक गरेको छ ।

तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो।

गठबन्धनले आज शान्तिबाटिकाबाट भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, असन हुँदै भोटाहिटीसम्म जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सरकारविरोधी चर्का नारा लगाएका थिए।

उनीहरूले नेपालको नयाँ संविधानलाई प्रतिगामी भन्दै पहिचानसहितका प्रदेश नबनाइएसम्म संविधान स्वीकार नगर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा