जायज र उचित माग सबैका पूरा हुन्छन् : प्रधानमन्त्री ओली

१ जेष्ठ २०७३, शनिबार १९:०३ मा प्रकाशित

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न” –उहाँले भन्नुभयो ।

सामन्तवादलाई समाप्त गरे पनि त्यसका आर्थिक र सामाजिक अवशेषलाई समाप्त गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पूर्वाधार विकास र आर्थिक उन्नतिलाई केन्द्रविन्दुमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

प्राविधिकले गरेको अध्ययनबाट देशका ८० गाविसमा सडक पु¥याउन नसकिने देखिए पनि अन्य सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइएको प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।

“पैँतालीस दिनमा काठमाडौँ आइपुग्ने सामान १० दिनमा आइपुग्ने गरी काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउनेछ, पूर्व–पश्चिम राजमार्ग चौडा बनाउँछौँ, मध्यपहाडी ९पुष्पलाल० लोकमार्गलाई तीव्रताका साथ कालोपत्रे गर्छौं” – उहाँले भन्नुभयो । कागज विस्थापन गरी कम्प्युटरबाटै कार्य सञ्चालन गर्ने गरी ई–गभर्नेन्स र डिजिटल नेपाल निर्माण गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सरकारले गरिबी हटाई देश विकास गर्ने बजेट ल्याउने प्रशासन मात्र चलाउने बजेटको निरन्तरता नहुने प्रतिबद्धता पनि उहाँको थियो । युवा स्वरोजगारलाई व्यवहारमा उतार्न प्रमाणपत्र धरौटी राखेर बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलकुमारी पन्त र महासचिव किरण पौडेलले युवाको शक्तिलाई राष्ट्र निर्माणमा लगाउने सोच एवम् कार्यक्रमका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्थापना दिवसका अवसरमा गरिएको पहिलो युवा महोत्सवमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनुका साथै रोजगारमूलक र स्वास्थ्य सेवा प्रदान गर्ने जानकारीमूलक २२ वटा कक्ष पनि राखिएको थियो ।

सङ्घको संस्थापक अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुखपत्र युवा आवाज र प्रशिक्षण सामग्रीको पनि विमोचन गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौ । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला