पद र पैसाको लागि फुट्ने र फुटाउने पूर्व पन्चहरुको पार्टी राप्रपाको एकिकरण सुरु

३१ बैशाख २०७३, शुक्रबार २३:१३ मा प्रकाशित

काठमाडाँ, ३१ वैशाख । पूर्व पन्चहरुको विभाजित पार्टी राष्ट्र्यि प्रजातन्त्र पार्टी ( राप्रपा) का विभिन्न समूहलाई एकिकरण गर्ने अभियान सुरु भएको छ ।

उक्त अभियान अन्तर्गत हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र स्वायत्तता सहितको केन्द्रीकृत राज्यप्रणालीका पक्षमा रहेका नागरिकलाई समेत एकताबद्ध गरिने उनीहरुको दावी छ ।

राप्रपा नेपालका पूर्वसहअध्यक्ष केशरबहादुर विष्टको संयोजनमा सुरु भएको अभियानले विभिन्न टुक्रामा विभाजित राप्रपाका देशभरिका कार्यकर्तालाई एकिकरणको ठेक्का दिइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक विष्टले मुलुकमा संविधान निर्माण भएपछि पनि मधेसी तथा जनजाति लगायत असन्तुष्ट पक्षको समस्या समाधानका लागि अब वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक धारको खाँचो रहेको बताउनुभयो ।

राप्रपा नेपालका पूर्वप्रवक्ता विष्णु भट्टराईले संविधानले राप्रपा नेपालको कार्यसूची स्वीकार नगरेको बताउँदै पार्टीका अध्यक्ष कमल थापाको दोधारे चरित्रका कारण पार्टी अहिले सङ्कटमा रहेको आरोप लगाउनुभयो ।

यसैबीच जेठ २ गते यहाँ राप्रपा, राप्रपा नेपाल, राप्रपा समानान्तर केन्द्रीय समितिका कार्यकर्ता भेलाको आयोजना गरिने जनाइएको छ । उक्त भेलामा राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी सहितका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सकिएको छ । बैठकमा नेकपा माओवादी केन्द्र र जनता