एमाले बेल्जियमको कार्यक्रममा प्रहरी हस्तक्षेप, अधिवेशन सम्पन्न गर्न नेतृ झांक्री असफल

३० बैशाख २०७३, बिहीबार २३:४८ मा प्रकाशित

बेल्जियम । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) बेल्जियमको अधिबेशनमा प्रहरी हस्तक्षेप भएको छ । ओएनएफ बेल्जियम सम्बद्ध एक पदाधिकारीका अनुसार आइतबार सम्पन्न उद्घाटन सत्र लगत्तै नेतृत्व चयनका लागि दुई पक्षबीच घम्साघम्सी भएपछि बिहान ४ बजे तिर हलमा प्रहरी प्रबेश गरेको हो ।
स्रोतका अनुसार अधिबेधनमा नेतृत्वका लागि बिनोद न्यौपाने र बोधराज पौडेलले उम्मेदवारी दिएका थिए । सहमतीको प्रयासबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनको माध्यामबाट नेतृत्व चयन गर्नुपर्नेमा कार्यक्रममा सहभागि हुन आएकी एमाले नेतृ रामकुमारी झांक्रीले निर्वाचन प्रकृया रोकेको आरोप लगाइएको छ ।
अधिकांश सदस्यहरुले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि झंक्रीले निर्वाचन सम्पन्न हुन नदिएको बताइएको छ ।
नेतृत्व चयनका लागि ओएनएफ बेलायतका अध्यक्ष रामशरण सिंखडा, पोर्तुगलका प्रतिनिधि गोविन्द पौडेल, अर्जुन श्रेष्ठ र इटालीका प्रतिनिधी सम्मिलित अध्यक्ष मण्डल बनाइएको थियो । अध्यक्ष मण्डलले पनि निर्वाचन सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि अधिबेशन स्थगित भएको हो ।
निर्वाचन प्रकृयामा जांदा अध्यक्षका उम्मेदवार मध्य बोधराज पौडेलले जित्ने सम्भावना भएपछि नेपालबाट आएकी नेतृ झांक्री लगायत अध्यक्ष्ँ मण्डलका साथीहरु झस्किए, एक नेताले भने, ‘ ओएनएफ बेल्जियमलाई आफन्त भर्ति केन्द्र बनाउन हामीले दिएनौं ।’
निर्वाचनमा हार हुने अवस्था देखेपछि अध्यक्षका प्रत्यासी विनोद न्यौपानेका समर्थकहरुले निर्वाचन कार्यक्रममा भांजो हालेका थिए । साथै हलमा केही महिलाहरुलाई उचालेर सहमतिको नाममा सबैलाई धम्काउने प्रयास भएको थियो । नेतृ झांक्रीले विदेश विभाग समाले पछि पहिलो पटक हुन लागेको अधिवेशन भाडिए पछि उनको क्षमताप्रति धेरैले प्रश्न चिन्हखडा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र