सरकार गम्भीर नभएको कोइरालाको आरोप

२१ असार २०६९, बिहीबार १४:५८ मा प्रकाशित


काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिका साथ बजेट ल्याउनेबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुसंग आज भएको भेटमा सभापति कोइरालाले सरकार अध्यादेशमार्फत् एकलौटी ढंगले अगाडि बढ्न खोजेको बताउनुभयो । राष्ट्रिय सहमतिविना पूर्ण बजेट जारी हुन नसक्ने उहांको भनाइ थियो । चेम्बरका प्रतिनिधिहरुले समयमै बजेट नआउंदा अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे कोइरालाको ध्यानाकर्षण गराएका थिए । सभापति कोइरालाले आजै राष्ट्रपति डा. रामवरण यादवसंग पनि भेट गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी