ल्ह्यारक्यालविरुद्ध अख्तियारद्वारा मुद्धा दायर, ९ करोडको अभियोग

३० बैशाख २०७३, बिहीबार २३:४२ मा प्रकाशित

काठमाडौँ, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको मागसमेत गरेको छ । आर्थिक वर्ष २०५८-५९ देखि आव २०७२-७३ सम्मको अवधिको आय हेर्दा तलब भत्ता, जग्गा बिक्री, ऋण तथा सापटी समेत गरी लामाको कुल सम्पत्ति रु २० करोड ३४ लाख ४१ हजार ८२१ हुने देखिन्छ । तर घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, ऋण सापटी, साँवा ब्याजलगायत पेस गरेको सम्पत्ति विवरण समेतबाट लामाको आयआर्जन गरेको रकम रु २९ करोड ७९ करोड १४ लाख देखिएको छ ।

निलम्बित सांसद लामाको आयव्यय विवरणमा फरक परेको रु नौ करोड ४४ लाख ७२ हजार १७९ को स्रोत नखुलेको पाइएकाले पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको जिकिर आयोगको छ ।

आयोगको टोलीले गत फागुन १४ गते दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरबाट १४ थान गोलीसहित लामालाई पक्राउ गरेको थियो । सो प्रकरणसँगै लामालाई ठगी मुद्दा पनि लागेको थियो । त्यतिखेर लामा धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका