‘तत्काल पार्टी एकताको सम्भावना रहेन’: क्रान्तिकारी माओवादी उपाध्यक्ष गजुरेल

३० बैशाख २०७३, बिहीबार २३:३२ मा प्रकाशित

काठमाडौँ, ३० वैशाख । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा (माओवादी) पार्टीसँग तत्काल पार्टी एकता गर्ने सम्भावना नरहेको बताएका छन् । पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ को एउटा समूह पार्टी फुटाएर एकतामा गए पनि सिङ्गो पार्टी भने एकताको पक्षमा नरहेको उनले स्पष्ट पारे ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भने, ‘पार्टी एकताका लागि विचार, रणनीति, राजनीति र कार्यविधि मिल्नुपर्छ, तर पार्टी एकताबारे अध्यक्ष मोहन वैद्यसँग अनौपचारिक बैठक भए पनि औपचारिक रूपमा वार्ता समिति समेत गठन भएको छैन ।’

बुधबार एकीकृत नेकपा (माओवादी) बैठकले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत माओवादी पार्टीसँग एकता प्रक्रिया अघि बढाउने औपचारिक निर्णय गरेको थियो ।

एमाओवादी नेतृत्वले आफ्नो पार्टी फुटाउन खोजेको आरोप पनि उनले लगाए । पार्टीको नीति विपरीत पार्टी फुटाएर गए पनि महासचिव बादललाई कारबाही गर्नेबारे भने कुनै निर्णय नभएको नेता गजुरेलको भनाइ छ । जतिसक्दो चाँडो पार्टी एकताको पक्षमा रहेका महासचिव थापा समूहले जेठ २ गतेको बैठकमा अध्यक्ष वैद्यसँग अन्तिम पटक छलफल गर्ने भन्दै कुरिरहेको छ ।

तत्कालका लागि कार्यगत एकता भएपनि दीर्घकालीन रूपमा वामपन्थी दलबीच एकता हुन सक्ने उनको भनाइ छ । एक प्रश्नको जवाफमा नेता गजुरेलले अब आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिको तयारी गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको