नेपाली सुगम संगीतको एउटा सदाबहार सारथी पविता परियारको सांगीतिक कोशेली ‘दीप’ लोकार्पण

३० बैशाख २०७३, बिहीबार ११:३२ मा प्रकाशित

न्यूयोर्क । नेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो आवाज समर्पित गर्दै आएकी नेपाली छोरी गायिका पविता परियारको साथमा सब्द सारथी गीतकार गीता खत्रीको सब्दमा तयार भएको सांगीतिक कोशेली ‘दीप’ वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले लोकार्पण गरेका छन् ।नेपाली सुगम संगीतको क्षेत्रमा आवाजको सारथी पविता परियारको विविध गीतहरू समेटिएको यो पहिलो सोलो म्यूजिक एल्बम हो भने गीतकार गीता खत्रीको तेश्रो सोलो म्यूजिक एल्बम हो । गीतकार खत्रीको यस अघि ‘स्वीकृति’ (२००८) र ‘अमूल्य’ (२०१४) म्यूजिक एल्बम सार्वजनिक भई सकेकोछ ।

Pabita music videoन्यूयोर्क शहरको सन्निसाइडस्थित मालिङ्गो रेष्टुरेण्टमा मे ८, २०१६ का दिन ‘दीप’ म्यूज़िक एल्बमको लोकार्पण गरिएको हो । समारोहको उद्घाटन वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे र महावाणिज्यदूत नारायणप्रशाद मैनालीद्वारा दीप प्रज्वलनबाट गरिएको थियो ।

उक्त कार्यक्रममा भाग लिन बाल्टीमोर, भर्जिनिया तथा कोलाराडोबाट समेत साहित्यप्रेमीहरुको उपस्थिति थियो । उपस्थित पाहुनाहरुलाई कार्यक्रममा स्वागत गर्दै गीतकार गीता खत्रीले आफ्ना निर्जिब शब्दहरुलाई गायिका पबिता परियारको स्वर तथा चर्चित संगीतकारहरुको संगीतले सजिब गराउन सफल भएकोमा आभार ब्यक्त गरिन् । गायिका पविता परियारले ‘दीप’ एल्बमबाट गीत गाएर पाहुनाहरुको स्वागत गरेकी थिइन् भने अनेसास केन्द्रिय उपाध्यक्ष राम खत्रीले धन्यबाद ज्ञापन गरेका थिए ।

‘दीप’ एल्बमबारे समीक्षा साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्रीले गरेका थिए ।

Pabitaप्रमुख अतिथि तुलसी घिमिरेले “पैसाको भरमा अमेरिकातिर बस्नेले मात्र साहित्य लेख्ने गर्छन् भन्ने नेपालतिरको हेराइ र दृष्टिकोण गलत रहेछ । यता बस्नेले साहित्य सिर्जना गर्दा अझ कठीन भएको मैले देख्ने मौका पाएँ भन्दै आगामी दिनहरुमा अझ राम्राराम्रा सिर्जनाहरु जन्मिन सकुन् भन्ने शुभकामना ब्यक्त गरे ।

शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य अतिथिहरुमा महावाणिज्यदूत नारायण प्रशाद मैनाली, प्राज्ञ हरीबहादुर थापा, एडवान प्रेसिडेण्ट डा. बिष्णु माया परियार, डा. तारा निरौला, डेपुटी कोन्सुल प्रविण भट्टराई, अनेसास न्यू योर्क च्याप्टर अध्यक्ष: राजेन्द्र श्रेष्ठ, नासो कम्युनिटी प्रेसिडेण्ट गोपाल बिश्वकर्मा, नेपाली जनसम्पर्क समिती अमेरिका (नेजससअ) केन्द्रीय संगठन विभाग प्रमुख बेद खरेल, ब्याबसायी एबं समाजसेवी कृष्ण जिवी पन्त, एनआरएन सल्लाहकार यम अधिकारी, नेजससअ मेरील्याण्ड च्याप्टर अध्यक्ष राज सेन्चुरी, चलचित्र निर्माता रबी कार्की (कोलोराडो), अनेसास न्यू योर्क च्याप्टर महासचिव शकुन ज्ञवाली, साहित्यकार बिनोद रोका, अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष ज्योती पौडेल र अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष बिकाश बिस्ट थिए ।

कार्यक्रमका अवसरमा स्रष्टा र गायिकाको सम्बन्धमा छोटो भिडियो परिचय प्रस्तुत गर्नुका साथै दुई वटा म्यूजिक भिडियो प्रस्तुत गरिएको थियो । कलाकार यशोदा राई र वाल कलाकार सिम्रन अधिकारीले ‘दीप’ एल्बमको गीतहरु ‘नाँच्न मन लाग्छ’ र ‘मन मन्दिरमा तिमी’ गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन पत्रकार प्रदीप थापा परियार मगरले गरेका थिए ।

गीतकार गीता खत्रीद्वारा रचित ७ वटा गीतहरुको संगित कम्पोज नेपालका ६ जना संगितकारहरु जय कुमार, हरी लम्साल, यश कुमार, उदय सोताङ, बसन्त सापकोटा, र महेश खड्काले गरेकाछन् । यो म्यूज़िक एल्बमबाट ‘जलायो’ र ‘बादलुको’ गीतको म्यूजिक भिडियो पनि तयार गरिएकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी