फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते विजयी

२९ बैशाख २०७३, बुधबार २२:४६ मा प्रकाशित

दाभाओं, २९ बैशाख, (एएफपी) । फिलिपिन्समा राष्ट्रपतिका लागि सोमबर भएको निर्वाचनमा रोड्रिगो डुटेर्ते विजयी हुनु भएको छ । मङ्गलबार सार्वजनिक परिणाममा आफू राष्ट्रपति पदमा विजय हुनु भएपछि उहाँले अबका दिनमा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गर्नुभएको समाचारमा जनाइएको छ । डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रिनुभएको थियो ।

उहाँ फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत रहनु भएको थियो । उहाँ उक्त दाभोओ सहरमा २२ बर्षसम्म मेयर हुनु भएको थियो । उहाँले ३९ प्रतिशत मत हासिल गर्नु भएको छ भने उहाँको निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय हुनु भएको हो । फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो