फोरम अध्यक्ष गच्छदारले ओमनका लागि सिफारिस गरेको राजदुत म्यानपावर व्यवसायी

२९ बैशाख २०७३, बुधबार २२:३१ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले खाडी मुलुक ओमनका लागि राजदूतमा म्यानपावर व्यवसायीको नाम सिफारिस गरेपछि उनको पार्टीमा चर्को असन्तुष्टि देखिएको छ । पार्टीको भागमा परेको उक्त कोटामा गच्छदारले ‘सुटुक्क’ वैदेशिक रोजगार व्यवसायी शर्मिला पराजुलीको नाम पठाई मन्त्रिपरिषदबाट निर्णय गराएका थिए ।

फ्लोरिड रिसोर्स सोलुसनकी नामक मेनपावर कम्पनीकी निर्देशक पराजुलीको नाम लिएर गच्छदार प्रधानमन्त्रीकहाँ पुगेपछि मन्त्रिपरिषदले ओमनका लागि राजदूत सिफारिस अनुमोदन गरेको थियो ।

फोरम लोकतान्त्रिकसँग कुनै किसिमको ’संस्थागत सम्बन्ध नदेखिएकी’ पराजुलीको नाम राजदूतमा परेपछि नेताहरू छक्क परेका छन्। मधेसमा राजनीतिक आधार भएको फोरमले पार्टीमा कुनै संग्लनता नभएको, पहाडे मुलको त्यो पनि म्यानपावर व्यवसायीलाई नेपाली कामदारहरु काम गर्न जाने खाडी मुलुक ओमानमा राजदूत सिफारिस भएको भन्दै गच्छदारको पार्टीभित्र बिरोध भएको छ।

नेता जितेन्द्र देवले पराजुलीको सिफारिस भएको भए गलत भएको बताए। ’यो कुरा सुन्दा म चकित परेको छु,’ देवले भने, ’व्यक्ति को हो भन्ने कुरा महत्वपूर्ण हो, यस विषयमा पार्टीमा छलफलै गरिएको छैन।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको