‘विदेशी भूमिमा आर्जित आफ्नो पूंजी कानुन सम्मत एसिया, अफ्रीका र युरोपमा लगानी गरेको छु’: एनआरएन संस्थापक अभियन्ता उपेन्द्र महतो

२९ बैशाख २०७३, बुधबार २२:२४ मा प्रकाशित

काठमाडौं, २९ बैशाख । गैर आवासिय नेपाली अभियानका संस्थापक अभियन्ता एवं व्यवसायी उपेन्द्र महतोले आफुले विदेशी भूमिमा आर्जन गरेको सम्पति युरोप, अफ्रीका र एसियामा रहेका आफ्ना व्यापारिक प्रतिष्ठान मार्फत गरिएको लगानी कानुन सम्मत रहेको जानकारी गराएका छन् । आफ्नो नाम अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा संलग्न रहेको समाचार प्रकाशित भए लगत्तै गैर आवासिय नेपाली अभियानका संस्थापक अभियन्ता महतोले आफूले विदेशमा आर्जन गरेको पूंजी मातृभूमि नेपाल, एसिया, अफ्रीका र युरोपमा रहेका आफ्ना व्यापारिक प्रतिष्ठान मार्फत त्यहाँको स्थानिय कानुन अनुसार लगानी भएको तथ्य सार्वजनिक गरेका हुन ।

महतोले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै विदेशमा आर्जन गरेको पुंजी मातृभूमि नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा व्यवसायिक प्रतिष्ठानहरु तथा लगानीहरु रहेको र आफ्नो लगानी कानुनसम्मत रहेको बताएका छन् । उनले आफुले जारि गरेको बिज्ञप्तिमा भनेका छन्, म लामो समय देखि विदेशी भूमिमा व्यवसायमा संलग्न रहँदै आएको सबैलाई अवगत छ । मेरो लगानी मातृभूमि नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशका व्यापारिक प्रतिष्ठानहरुमा रहेका छन् ।’

उनले बिज्ञप्तिमा अगाडी भनेका छन्, ‘मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वतः स्पष्ट नै छ, । विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ ।’

उनले जोड दिएका छन्, ‘हो मैले विदेशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार कम्पनी खोलेको छु, जस मार्फत विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन् ।’

अभियन्ता महतोले पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्ने भनी आफ्नो नाम सार्वजनिक भए लगत्तै गैरकानूनी काम गरेको हो कि भन्ने ढंगले समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रतिक्रिया र भ्रमलाई चिर्न आवश्यक ठानेर धारणा सार्वजनिक गरेको बताएका छन् ।

उनले विज्ञप्तिको भनेका छन्, ‘आफू बितेको ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बसोबास गर्दै आएको र गैर आवासीय नेपालीलाई मातृभूमिसँग जोड्ने आफ्नो अभियान पनि जारी रहेको र सौभाग्य गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै मैले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्दै आएको सबैको जानकारीमा छ ।

उनले भनेका छन्, ‘गैरआवासीय नेपाली अभियानकै प्रेरणाले विदेशमा बस्ने धेरै भन्दा धेरै नेपालीहरुमा आफ्नै कर्मभूमिमा व्यापार–व्यवसायको विकास गर्ने, संचित पूँजीलाई नेपाल भित्र्याएर व्यवसाय र रोजगार सृजनामा योगदान दिने जुन पहल विकसित भएको छ, एक अभियन्ताका नाताले त्यो मेरालागि ठूलो आत्मसन्तुष्टीको विषय हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली