दहबनबाहेकका शिविरमा समायोजन सुरु

२१ असार २०६९, बिहीबार १४:२० मा प्रकाशित


काठमाडौं, २१ असार ।
समायोजन रोजेका माओवादी पूर्वलडाकुको समायोजन प्रक्रिया विभिन्न ६ वटा शिविरमा सुरु भएको छ । पूर्वलडाकुहरुले फाराम भर्ने काम हिजो तीनवटा शिविरमा मात्र सुरु भएको थियो । विभिन्न ६ वटा शिविरमा प्रक्रिया सुरु भइसके पनि रोल्पाको दहबनमा भने आन्तरिक तयारी पूरा नभएको भन्दै भोलीबाट मात्र समायोजनको काम सुरु हुने बताइएको छ । दहबनमा मात्र ५२३ लडाकुले समायोजन रोजेका छन् ।
इलामको चुलाचुली, सिन्धुलीको दुधौली, चिनवनको शक्तिखोर, नवलपरासीको झ्याल्टुंग डांडा, सुर्खेतको दशरथपुर र कैलालीको तालबन्दमा एकसाथ फारम भर्ने काम भइरहेको छ । शिविरमा हाल तीनहजार एक सय लडाकुले समायोजन रोजेर बसेका छन् । प्रक्रिया सुरु भएपछि बिदामा घर गएका पूर्वलडाकुहरुसमेत शिविर फर्कन थालेकाले काम सम्पन्न हुन केही दिन लाग्ने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल