मलेशियाबाट गुल्मी दजाकोटका अगोलागी पिडितलाई लाई सहयोग

२८ बैशाख २०७३, मंगलवार २१:११ मा प्रकाशित

मलेशिया । मलेशियामा रहेका नेपालीहरुले गुल्मी दजाकोटका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् ।

मलेशियाको जोहरवारुमा रहेको पिटिपी समाज जोहरले वडागाउँ–१ को दजाकोट र २ को माझागाउँका अग्नी पिडितहरुलाई ६८ हजार ७ सय २५ रुपैयाँ नगद सहयोग गरेका हुन् ।

मलेशियाबाट पिटिपी समाज जोहरका अध्यक्ष सुन्दर श्रेष्ठले आफुहरु जहाँ रहे पनि स्वदेशको जुन सुकै स्थानका नेपालीहरुलाई परेको विपदमा सधैव सहयोगी हात समाजले अगाडी बढाउँदै आएको बतए ।

उनले भने दजााकोटका अग्नी पिडितहरुलाई सहयोग त्यसैको निरन्तरता हो । शंखुवासभा घर भएका अध्यक्ष श्रेष्ठले दजाकोट र माझागाउँवासीलाई व्यक्तिगत र संस्थागत रुपमा सहानुभुति प्रकट समेत गरेका छन् ।

अग्नी पिडितहरुको तर्फबाट दजाकोट राहत संकलन तथा वितरण समितिले अध्यक्ष श्रेष्ठ, भोजपुर निवासी समाजका सचिव गुरु पराजुली, गुल्मीका संयोजक विजय शर्मा लगायतका पदाधिकारी , सदस्य र सहयोगदाता सवै प्रति आभार प्रकट गरेका छन् । उनिहरुले उक्त रकम नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे, संयोजक विजय शर्माद्धारा हस्तान्तरण गराएका हुन्् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र