जापानी कम्पनीले नेपालमा लगानी गर्ने

२१ असार २०६९, बिहीबार १४:०९ मा प्रकाशित

काठमाडौं, २१ असार । नेपालमा लगानी गर्नका लागि स्थापना गरिएको जापानिज नमस्ते कम्पनीले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । सो कम्पनीले नेपालमा रहेको ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रालिसंग मिलेर लगानी गर्ने भएको हो । यससम्बन्धी दुई कम्पनीबीच हालै सम्झौता भएको छ । ग्लोबल क्यापिटलको तर्फबाट कम्पनीका अध्यक्ष देवमान हिराचन र नमस्ते कम्पनीका प्रेसिडेन्ट मुराई जीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नमस्ते कम्पनीले नेपालको शिक्षा, जलविद्युत्, हाउजिङ, अपार्टमेन्ट र फोहोरमैला व्यवस्थानलगायतमा लगानी गर्ने भएको छ । सम्झौता कार्यक्रममा मन्तव्य दि“दै नमस्ते कम्पनीका प्रेसिडेन्ट मुराइ जीले नेपालजस्तो देशमा लगानी गर्न पाउंदा अत्यन्त खुसी लागेको बताए । यसैगरी ग्लोबल कम्पनीका अध्यक्ष एवम् गैरआवासीय नेपाली सङ्घका प्रमुख संरक्षक देवमान हिराचनले नमस्ते कम्पनीसंग काम गर्न पाएकोमा अत्यन्त हर्ष लागेको र यसबाट नेपालले धेरै लाभ उठाउने अभिव्यक्ति दिंदै जापानजस्तो विकसित मुलुकसंग मिलेर काम गर्न पाउनु ठूलो अवसर भएको बताए । नमस्ते कम्पनीको उद्घाटन समारोहबीच जापानका सभासद् ओनोडेरा जीले नेपाल र अन्य मुलुकमा सञ्जाल विस्तार गर्दै लैजाने बताएका थिए ।
सम्झौता कार्यक्रममा जापानका बुद्धिजीवी, गभर्नर, प्रोफेसर, वैज्ञानिक, एनजीओ–आईएनजीओका प्रतिनिधिलगायतका दुई सयभन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो । जापानका प्राध्यापक, अनुसन्धानविद् र बुद्धिजीवीहरू सदस्य रहेको सो कम्पनीले नेपालमा पहिलेदेखि नै लगानी गर्न चाहेको बताइन्छ । मियागी प्रोफेसरले गत फेब्रुअरीमा नेपालमा आई जापानमा गएको भूकम्पबाट ज्यान गुमाएका जापानिज नागरिकप्रति नेपाल सरकार र नेपाली जनताले गरेको सद्भाव र सहयोगप्रति धन्यवाद दिएका थिए । उनले नेपालका राष्ट्र«पति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख सुवास नेम्वाङलगायतका उच्चपदस्थ व्यक्तिहरूलाई भेटी नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ