तनहुँमा राष्ट्रिय कौरा नृत्य सम्मेलन

२८ बैशाख २०७३, मंगलवार २०:५६ मा प्रकाशित

अमरराज नहर्की, तनहुँ , २८ वैशाख । तनहुँको सदरमुकाम दमौलीमा ‘प्रथम मगर मौलिक राष्ट्रिय कौरा नृत्य सम्मेलन’ हुने भएको छ । सम्मेलन आगामी जेठ १५ र १६ गते गर्ने निर्णय भएको आयोजक राष्ट्रिय मौलिक कौरा संरक्षण तर्दथ समिति तनहुँले जनाएको छ ।

सम्मेलनमा नेपालका अतिरिक्त विदेशमा रहेका मगर समुदायले पनि भाग लिन सक्ने र हङ्कङ् , बेलायत , अमेरिका लगायतका विदेशमा रहेका मगर समुदायले चासो राखेकाले हौसला मिलेको तर्दथ समितिका संयोजक हर्क आले मगरले जानकारी दिनु भयो ।
सम्मेलनको बारेमा जानकारी दिन समितिले मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरेको थियो । सो अवसरमा संयोजक आलेले कौरा नृत्य मगरकै घर, आँगनबाट उत्पती भएको र कौरा संस्कृति भएर पनि दस्तावेजीकरण , अभिलेखीकरण नभईसकेकाले सम्मेलनको आयोजना गरिएको हो । सम्मलेनले कौरा गीत र नृत्यको दस्तावेजीकरण र अभिलेखीकरणको संरक्षण र सम्बद्धनको लागि टेवा पुग्ने विश्वास आयोजकको छ ।
संयोजक यमबहादुर आलेले राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नाम कौराको लिने तर गीत तथा नृत्य कौराको नहुने गरेकाले मौलिक कौराको प्रचार÷प्रचार गर्न सम्मेलनले टेवा पु¥याउने विश्वास गर्नु भयो । विज्ञ आले कौराको उत्पती तनहुँको ऋषिङका मगर समुदायबाट भई पछि पश्चिम नवलपरासी , पाल्पा र पूर्वमा गोर्खासम्म विशेष प्रचलनमा रही विदेशमा समेत प्रचलनमा आएको दाबी गर्नुहुन्छ । साथै आले रोदीघरमा तन्नेरीहरुले खैजेडी बजाएर गीत गाउने र तरुनीहरु समुहमा नाच्ने नृत्यलाई कौरा नृत्य भनिन्छ ।
आयोजकका अनुसार प्रतियोगितामा मगर मौलिक भेषभुषा र गहना लगाउनु पर्ने नियम राखिएको छ । यस्तै क्यासेट बजाउन नपाईने खैजेडी , मुुजुरा र भ्mाली प्रयोग गर्नु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार , द्धितियलाई २० हजार र तृतियलाई १५हजार रुपियाँ नगद पुरस्कारको व्यबस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज