दश ठाउँमा रहेका इन्धनको तत्कालै अन्वेषण गरिने

२८ बैशाख २०७३, मंगलवार २०:५२ मा प्रकाशित

भक्तपुर, २८ वैशाख । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाँ टोली पुगिसकेको र नेपालका अन्य १० ठाउँमा रहेका इन्धनको समेत तत्कालै अन्वेषण गरिने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले नेपालका सात प्रदेश उद्योग विस्तारका लागि करिब ३० लाख युवालाई रोजगारी दिइने तयारी गरेको बताउनुभयो ।

सरकारले देशको सात प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उहाँको जिकिर छ । मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक