सोलले प्योङयाङको प्रस्ताव अस्विकार गर्यो

२७ बैशाख २०७३, सोमबार २०:४५ मा प्रकाशित

सोल, २७ बैशाख, (एएफपी) । दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताको लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्विकार गरेको छ ।

उत्तर कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कँग्रेसको सम्बोधनका क्रममा कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताउनु भएको थियो ।

राष्ट्रियरुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्त गर्नुभएको थियो ।

उहाँले आफ्नो सम्बोधनमा भन्नुभएको थियो– दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ ।

तर त्यस प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले हिजोको सो प्रस्तावलाई अस्विकार गरिदिएको छ ।

उत्तरले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको थियो ।

तर सोमबार आएको दक्षिणको यस अभिव्यक्तिबाट भने यो अवस्था कायम रहन नसक्ने देखिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड