भोला आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै नेजाको पाँचौ अधिबेशन सम्पन्न

२७ बैशाख २०७३, सोमबार ०८:४५ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २७ बैशाख । नेपाली अमेरिकन संचारकर्मिहरुको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा सर्वसम्मतिले भोला आचार्य निर्वाचित हुनु भएको छ । नव निर्वाचित अध्यक्ष आचार्य संघको निबर्तमान महासचिव एवं अमेरिकी भूमिमा नेपाली अमेरिकनको सामाजिकीकरणको मुद्धामा कलम चलाउदै आएका सक्रिय पत्रकार हुनुहुन्छ । सर्वसम्मतिमा चयन गरिएको नेतृत्वमा उपाध्यक्षमा गुणराज लुइँटेल, महासचिवमा तोया दाहाल, सचिवमा अग्नी चौलागाईं, र कोषाध्यक्षमा शैलेश पोख्रेल निर्वाचित हुनु भएको छ । शनिबार लसएन्जलसको आर्टेसिया शहरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले उद्घाटन गर्नु भएको संघको ५ औं अधिबेशनमा बक्ताहरुले नेपाली अमेरिकनको सामाजिकीकरणको हितमा पत्रकारिता गर्न सुझाएका थिए ।

Nejaनवनिर्वाचित अध्यक्ष आचार्यले आफु निर्वाचित भए लगतै अमेरिकी भूमिमा पत्रकारिता गरिरहेका सम्पूर्ण नेपली मुलका पत्रकारलाई एकता र सहकार्य मार्फत नेपाली अमेरिकनको सामाजिकीकरणमा सहभागी हुन आग्रह गर्दै आफुलाई निर्वाचित गराउने सम्पूर्णलाई धयावाद ज्ञापन गरेका छन् । अधिबेशन आयोजक समितिका संयोजक सुदिप पन्तका अनुसार संघको नवनिर्वाचित पदाधिकारीहरुमा क्षेत्रीय संयोजकहरुमा, विष्णु शितल, ध्रुब कुवंर, विष्णुहरि घिमिरे, किशन रेग्मी, सदस्यहरुमा, सन्दिप कुमार चौधरी, बालकृष्ण जोशी र अनुप थापा सर्वसम्मतिले निर्वाचित भएका छन् ।

यसै गरि संघले प्रत्यक दुई वर्षमा प्रदान गर्दै आएको नेजा उत्कृष्ठ पत्रकारिता पुरस्कार पाँचौ अधिवेशनको अवसरमा जाजरको,ट मध्य पश्चिमका पत्रकार जनक केसीलाई दिने निर्णय गरेको छ । नेपाली रुपिया एकलाख ११ हजार एकसय ११ राशिको उक्त पुरस्कार नेपाल पत्रकार महासंघले निकट भविष्यमै विशेष समारोह आयोजना गरि प्रदान गर्ने नेजाले जानकारी दिएको छ । (तस्बिर: विश्व थापा)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको