एनसेलले बुझायो करिव दश अर्ब

२६ बैशाख २०७३, आईतवार २२:१८ मा प्रकाशित

काठमाडौँ, २६ वैशाख । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले अग्रिम कर कट्टीवापत सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको करदाता कार्यालय ललितपुरले जनाएको छ । सो कार्यालयका प्रमुख शोभाकान्त पौडेलका अनुसार एनसेलले अग्रिम कर कट्टी गरी १५ प्रतिशत रकम बुझाएको हो । बुझाउनुपर्ने २५ प्रतिशत रकममध्येको बाँकी १० प्रतिशत रकम भने बिक्रेता टेलियासोनेराबाट असुल गराउने तयारी गरिएको छ । किनकि, टेलियासोनेरा तथा भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा हालै मलेसियाको एक्जियटाले खरिद गरेको थियो।

उक्त कारोबार वापत एनसेलले पूँजिगत लाभकर त्यसको लाभकर तिर्नुपर्ने दायित्व टेलियासोनेराको छ । एनसेलले खरिदको १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर सरकारलाई रकम बुझाउने जम्मा सात दिनको म्याद पाएको थियो, २६ गते आइतबार समाप्त हुँदै थियो ।

यसप्रकार केही स्वार्थी व्यक्ति तथा समूहको शिकार बन्न लागेको एनसेलले नेपाल सरकारलाई आयकर दाखिला गर्न सुरु गरेको छ । उसले शुक्रबार नै ९ अर्बभन्दा बढी रकम दाखिला गरेको हो । ठुला करदाता कार्यालय स्रोतका अनुसार बाँकी रकम आइतबार नै तिर्ने तयारी एनसेलले गरेको छ । आइतबारभित्रै सम्भव नहुने अवस्थामा कर तिर्ने म्याद केही समय थप्न आग्रह गरिनसक्ने पनि बुझिएको छ ।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो । सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ