मातृकाले प्रमुख नेताका घर घेर्ने

२१ असार २०६९, बिहीबार १२:२५ मा प्रकाशित


काठमाडौं, २१ असार । बेलबेलामा अनौठो व्यवहार प्रस्तुत गरेर चर्चामा रहने गरेका मातृका यादवले तीन दलका नेताको घर घेर्ने भएका छन् । यादव नेतृत्वको नेकपा(माओवादी)ले प्रतिक्रियावादी सत्ता टिकाइ राख्न खोजेको आरोप लगाउंदै एमाओवादी, एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको घर घेर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
सो पार्टीले जनाएअनुसार आगामी आयतबार एमाले अध्यक्ष झलनाथ खनालको, सोमबार कांग्रेस सभापति सुशील कोइरालाको र मंगलबार एमाओवादी अभ्यक्ष प्रचण्डको लाजिम्पाटस्थित घर एक–एक घण्टा घेराउमा पारिने छ । प्रमुख दलहरुको प्रतिगमनकारी कदमको भण्डाफोर गर्नका लागि यस्तो कायृक्रम आयोजना गरिएको मातृका यादवको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्