बामपन्थी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले आज प्रस्तुत गर्दै

२६ बैशाख २०७३, आईतवार १३:५७ मा प्रकाशित

काठमाडौँ, २६ वैशाख । सरकारले आर्थिक वर्ष २०७३-७४ को नीति तथा कार्यक्रम आइतबार व्यवस्थापिका संसदमा पेस गर्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यतालिका छ ।

राष्ट्रपतिले आइतबार दिउँसो ४ बजे संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको संसदसचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

संसद सचिवालयले राष्ट्रपतिको स्वागत र सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । संसद् भवनमा विशेष सजावट गरिएको छ । संविधान जारी भएपछि राष्ट्रपतिबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको पहिलो पटक हो । राष्ट्रपतिबाट पेस हुने नीति तथा कार्यक्रममाथि संसद्मा दुई दिन छलफल हुनेछ । छलफलपछि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यतालिका संसद् सचिवालयले तयार पारिसकेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नयाँ संविधानले अङ्गीकार गरेको प्रादेशिक संरचनामा आर्थिक अधिकारका विषयलाई प्राथमिकता दिँदै सरकारले नीति तथा कार्यक्रम तय गरेको सदनलाई जानकारी दिनुभएको छ ।

नीति तथा कार्यक्रममा सरकारले यसपटक आर्थिक वृद्धिलाई दश वर्षमा दोहोरो अङ्कमा पुर्याउने लक्ष्य लिएको छ । कृषि, उद्योग र पर्यटन क्षेत्रले यसपटक प्राथमिकता पाएका छन् । भूकम्पछिको पुनःनिर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने संयन्त्रसहित नीति तथा कार्यक्रममा पुनःनिर्माणलाई प्राथमिकता दिइएको छ । यस्तै, अनुशासित व्यवसाय र व्यस्थित उत्पादनलाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।

विकासमा सरकारी, निजी र सहकारी क्षेत्रको समेत प्रतिनिधित्व रहेको आर्थिक व्यवस्थालाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । शिक्षा, स्वास्थ्य क्षेत्रलाई पनि नीतिमा उच्च प्राथमिकता दिइएको छ । संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । पुनःनिर्माण, पुनःस्थापना र पुनरोत्थानलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल