
मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशन अहिले कानुनी लडाईँ लडिरहेका छन् । यसैबीच अभिनेत्री कंगनाको समर्थनमा अर्की अभिनेत्री विद्या बालन उत्रिएकी छिन् ।
आफ्नो हक अधिकारको लागि खडा रहन हिम्मत राख्ने कंगनाको लागि आफ्नो मनमा निकै सम्मान रहेको विद्याले बताएकी छिन् । आफ्नो आगामि फिल्मको ट्रेलर लञ्च कार्यक्रममा बोल्दै उनले कंगना प्रति समर्थन जनाएकी हुन् ।
कंगना र ऋतिकको मामिलामा आफ्नो कोही व्यक्तिगत चासो नभएको भन्दै अर्काको समर्थनमा उत्रिन सहज हुने तर आफ्नो हकको लडाईँ आफैँ लड्न गाह्रो हुने भएकोले यस्तो हिम्मत राखेकोमा कंगनाप्रति सम्मान जागेको उनको भनाई थियो ।
कंगना र ऋतिकको विवाद यस वर्षको सुरुवातमा सुरु भएको थियो । यो विवादले अहिले कानुनी रुप लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक
काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत
काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली
काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको