प्रहरीको गोलीबाट रौतहटमा एकको मृत्यु

२१ असार २०६९, बिहीबार १२:११ मा प्रकाशित

काठमाडौं, २१ असार । सडक बन्द गर्न लागेका स्थानीयलाई तितरवितर तुल्याउने क्रममा तनाव बढेपछि रौतहटमा प्रहरीले गोली चलाउंदा आज बिहान एक व्याक्तिको मृत्यु भएको छ । रौतहटको गरुडामा भएको घटनामा स्थानीय लक्ष्मीपुर–६ का रमोद जैसवालको मृत्यु भएको हो ।
आज बिहानै गौर–चन्द्ररनिगाहपुर सडक खण्डको बाटो अवरुद्ध गर्न बसेका स्थानीयवासी र गरुडा प्रहरीबीच बाटो खुलाउने क्रममा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ वटा अश्रुग्यांस प्रहार गरेको थियो भने झडपमा परी प्रहरी र स्थानीय गरी एक दर्जन व्यक्ति घाइते भएका छन् । गोली लागेर घाइते भएका लक्ष्मीपुरका विरोधि राय यादवलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।
गत १४ गते महोत्तरीबाट रौतहटको महम्मदपुर गाविसतर्फ जन्ती लिएर हिंडेको ना ३ त ७६४३ नम्बरको एक ट्याक्टरको ठक्करबाट महोत्तरीका राम राउतको घट्नास्थलमा मृत्यु भएको थियो । सो ट्याक्टरलाई पक्राउ गरी कारबाही अघि बढाएको विरोधमा स्थानीयले कारबाही नगर्न दबाव दिएर सडक अवरुद्ध गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका